मोटर साईकल दुर्घटनामा दुईको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/death_24.html
भक्तपुर, भदौ ८। भक्तपुरको सल्लाघारीस्थित ट्राफिक चेकप्वाईन्टमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना ट्राफिक प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा काठमाडौं जिल्ला गोठाटार–८ बस्ने १९ बर्षीय रोशन थापा र मोटर साईकल पछाडि सवार उनका साथी रहेको प्रहरीले जनाएको छ ।
आज विहान सवा सात बजे सावरी साधन चेकजाँच गर्ने क्रममा सूर्यविनायकबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४० प १३८९ नम्वरको मोटरसाइकलले ट्राफिक प्रहरी जवान प्रदीप राईलाई ठक्कर दिएर दुर्घटना भएको थियो । मोटरसाईकलको ठक्करबाट ट्राफिक प्रहरी जवान राई गम्भीर घाइतेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !