'विकिनी लगाउन तयार छु' : विनिता

http://sindhulidarpan.blogspot.com/2012/08/film_24.html
-‘चपली हाइट’मा हट हट सिन दिएर हट एण्ड सेक्सी विनिता बरालले आफु बिकिनी लगाउन तयार भएको मेरो सिनेमा डटकमलाई वताएकि छन् । विनिताका अनुसार बिग व्यानरको सिनेमामा कथाले मागेमा आफु विना हिचकिचाहट विकिनी लगाउन तयार हुने बताइन ।
किन तयार हुन भयो त भन्ने मेरो सिनेमाको अर्को प्रश्नमा उनले करिना कपुरले विकिनी लगाएको उदाहरण दिदै ईन्टरनेशनल लेभलमा नेपाली सिनेमालाई लैजानका लागि आफु सो कार्य गर्न तयार हुने स्पष्ट पारिन् । विनिताका अनुसार आफू बलिउड सिनेमा ‘धुम’ का नायिकाले लगाए जस्तै विकिनी लगाउन पनि तयार रहेको भनिन । तर यसो भन्दैमा उनी पैसाकै लागि भने विकिनी नलगाउने पनि स्पष्ट पारिन । आफुले लगाउने विकिनी देखाउन कै लागी नभइ कथाको माग अनुसार हुने बताइन् ।

विनिता बरालले यो आँट कसेको अवस्थामा कुन चाँहि डिरेक्टर उनलाई पहिला विकिनीमा सजाउन तयार हुने हुन् त्यो चाँहि पछि थाहा भइहाल्छ नै । उनको यो बोल्ड स्टेटमेन्टले सिनेमाका नायिकाहरुलाई केही धक्का भने अवश्य नै दिनेछ । ‘चपली हाइट’ मा क्यारेक्टर अनुसार वोल्ड सिन दिएकी विनिताको आगामी सिनेमा ‘फुलस्टप’मा कथा अनुसार के के दिएकी छिन भन्ने कौतुहलता धेरैको मनमा रहेको छ । यो कौतुहलता विनिताको विकिनी लगाउन तयार भएको भनाइले झन धेरै बढाउने देखिन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !