विषालु च्याउ खाँदा आमाछोरी सिकिस्त

http://sindhulidarpan.blogspot.com/2012/08/news_25.html
ताप्लेजुङ,भदौं ९। ताप्लेजुङ जिल्लाको मेहेले गाविसमा विषालु च्याउको तरकारी खाँदा आमा र छोरी विरामी परेका छन् । वडा नम्वर ८ निवासी ६५ वर्षीया निर्मला कार्की र उनकी छोरी ३८ वर्षीया अप्सरा कार्की च्याउको तरकारी खाए लगत्तै विरामी भएको झापामा रहेका छोरा गौरी कार्कीले जानकारी दिए ।
बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउको तरकारी खाएर विरामी परेका उनीहरुको गाउँमै रहेको निजी औषधि पसलमा उपचार भएको छ । आमा र छोरीको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई थप उपचारका लागि अन्यत्रै पठाउने तयारी भईरहेको छ । सो गाविस सदरमुकाम फुङलिङदेखि डेढ दिनको पैदल दुरिमा पर्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !