काभ्रेको धुलिखेलमा खेलकुदमा सुशासन विषयक कार्यशाला सम्पन्न



अशोक महत, काभ्रे,भदौ ६ ।

आज राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काभ्रेको धुलिखेलमा खेलकुदमा सुशासन विषयक कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा न्यायपरिषदका सदस्य उपेन्द्र केशरी न्यौपानेले राष्ट्रिय कानुन र खेलकुद, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले खेलकुदमा प्रशासनिक सुशासन, राष्ट्रिय योजना आयोगका सह–सचिव पुरुषोत्तम घिमिरेले खेलकुद र योजना कार्यान्वयन, अर्थ मन्त्रालयका उपसचिव केदार पनेरुले आर्थिक सुशासन र अन्तर्राष्ट्रिय समन्वय विज्ञ रविराज कर्णिकारले ओलम्पिक र विभिन्न खेलकुदमा आधारभूत नियमबारे विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा न्यायपरिषद्का सदस्य उपेन्द्र केशरी न्यौपाने, राष्ट्रिय खेलकुद पषिदका सदस्य सचिव युवराज लामा, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष ईन्द्रबहादुर थिङले मन्तव्य राख्नुभएको थियो ।

Related

प्रमूखखबरहरु 1816395939992873811

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item