ट्वान्टि, ट्वान्टिक्रिकेटमा आयरल्याड र वेष्टइन्डिज भिड्दै

http://sindhulidarpan.blogspot.com/2012/09/cricket_24.html
काठमाण्डौ,असोज ८ ।
श्रीलङ्कामा जारी ट्वान्टिट्वान्टि विश्वकप क्रिकेटमा आज एक खेल मात्र हुदैछ । समूह बी को आयरल्याड र वेष्टइन्डिजबीच प्रतिस्पर्धा हुने छ । कोलम्बोमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजे हुनेछ । आजको खेलमा बिजयी टिम समूह उपबिजेता हुदै सुपर एटमा प्रवेश गर्नेछ । प्रतियोगिताको गएराति भएको खेलमा भारतले इगल्याण्डलाई ९० रनले पराजिति गर्दै समूह बिजेता बनेको थियो ।
टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको भारतले निर्धारित ओभार चार विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । एक सय ७१ रनको लक्ष्य पछ्याएको इगल्याण्डले १४ दशमलब चार ओभरमा सबै विकेट गुमाउदै ८० रनमा समेटिएपछि भारत बिजयी भएको हो । भारतको जितका लागि हरभजन सिहले चार विकेट लिएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !