मगंल ग्रहवाट कसले ट्वीट गर्छ ?



- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोवर्ट क्युरिओसिटी मगंल ग्रहमा अवतरण गरेपछि त्यहाँको जानकारी ट्विटमार्फत फैलिरहेको छ , पल पलको उपलव्धी ट्वीट् मार्फत विश्व का मानिसले जानकारी लिईरहेको छन् ।  @मार्सक्यूरिओसिट एकाण्टवाट टेक्सट म्यासेज पठाउन, ट्वीट र रिट्वीटको सिलसिला रोकिएको छैन । आज यो एकाण्टमा दश लाख भन्दा वढी फलोअर्स छन् तर कसले मगंलग्रहवाट ट्वीट् गर्छ त ? 


नासाले भनेको छ, मगंल ग्रहको जानकारी रहेको ट्वीट अन्य स्थानवाट नभई पृथ्विवाटै भईरहेको छ ।  क्युरिओसीटी र अन्य मानिससगँ जोडिनको लागी तीन महिला रहेको एक टिमले  काम गरिरहेको छ । यसको कार्यालय क्यालिफोर्नियाको पैसेडेनामा रहेको छ । यो टीम नासाको २० भिन्न भिन्न प्रोजेक्ट्सलाई सोशल मिडियामा जोड्नको लागी कार्यरत रहेका छन् । उनिहरुले भनेका छन् हाम्रो कामले अनुसन्धानमा लागेका मानिसहरुलाई धेरै जानकारी र प्रोत्साहन मिलेको छ । 


सो टिमकी सदस्य वेरोनिका मैकग्रेगोर भन्छिन् सोशल मिडियावाट अन्तरिक्ष मिशनको वारेमा धेरै जानकार भएका छन्, सोचाईमा धेरै परिवर्तन आएको छ । उनी भन्छिन् यो ग्रुप मात्र शन्देश दिने काम गरिरहेको छैन,परियोजनासगँ जोडिएका जानकारी हासिल  गर्न सम्वन्धीत बेवसाईटको जानकारी पनी आफ्ना फलोअर्सलाइ गराईरहेका छन् । टीमकी अर्की सदस्य कर्टनी ओ काँनर भन्छिन् क्युरिओसीटीको एकाण्ट फेसवुक, ट्वीट्र, यूट्युव, यूस्ट्रीम एवं रेड्टिमा पनी रहेको बिबिसीले जनाएको छ । 







Related

प्रविधि 4939970159821707546

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item