मन्त्री न्यौपानेलाई हटाउन अल्टिमेटम
http://sindhulidarpan.blogspot.com/2012/09/news_8533.html
काठमाडौं, भदौ २७ ।
चुरेभावर राष्ट्रिय एकता पार्टीले महासचिवबाट कारबाहीमा परेका महिला तथा बालकालिका मन्त्री बद्रीप्रसाद न्यौपानेलाई दुई दिन भित्र सरकारबाट चेतावनी दिएको छ ।
चुरे भावरले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्यौपानेलाई मन्त्रीबाट नहटाए सडक आन्दोलन गर्ने जनाएको छ । पार्टी हित विपरित कार्य गरेकाले चुरे भावरले न्यौपाने सहतिका केही पदाधिकारी र सदस्यलाई कारबाही गरेको छ ।
६७ जना केन्द्रीय सदस्य मध्ये ४२ जना अहिले पनि आफ्नो पक्षमा रहेको सहअध्यक्ष भूमिराज निरौला रहेको चुरे भावरले दावी गरेको छ ।
सरकारमा रहने विषयमा विवाद भएपछि चुरे भावर राष्ट्रिय एकता पार्टी विभाजन भईसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !