जनकपुर म्याराथुन असोज १३ गते ,२० बढी देशको धावक नेपाल आउने





जनकपुरधाम, भदौ १९ ।
‘खेलकुदको विकास संगै शान्तिप्रति एक्यवद्धता’ मुल नाराका साथ जनकपुरमा अगामि आश्विन १३ गते ‘स्मार्ट सेल दोस्रो जनकपुर क्रस–कन्ट्री म्याराथन प्रतियोगिता’ हुने भएको छ । खेलकुद तथा संस्कृती विकास कोष र एस.एम युथ स्पोर्टस क्लब जनकपुरको संयुत आयोजनामा हुने मिथिलाञ्चलकै  सर्वाधिक राशिको सो प्रतियोगीतामा करिव २५ देशका कुल पाँचसय जना धावकको सहभागिता रह्ने आयोजकले मंगलवार पत्रकार सम्मेलन मार्फत जनाएका छन् । 
प्रतियोगितामा मित्र राष्ट्र भारतका आलावा जापान, केन्या, घाना, नाइजेरीया, टोगो, इजिप्ट, बेनिन, सनेगल, माल्दिभ्स, साउथ अफ्रिका, सोमालिया, इथोपीया, इराक, इरान र उत्तर कोरिया लगायतका देशको धावकहरुको सहभागिता रहने आयोजकले जनाए, साथै नेपालका ७५ जिल्ला र भारको पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र पन्जाब लगायत विभिन्न प्रान्त बाट समेत उल्लेखिय व्यवसायिक धावकहरुको सहभागिता रहने जनाईको छ ।
प्रतियोगिता सुरक्षित र व्यवस्थित पार्न दर्जन उपसमिति गठन समेत गरिएको छ । उपसमितिहरुमा प्रचारप्रसार उपसमिति, सुरक्षा उपसमिति, सडक व्यस्थापन तथा ट्राफिक उपसमिति, स्वास्थयसेवा उपसमिति, स्व्यम सेवक उपसमिति, खानेपानी उपसमिति सहित एक दर्जन उपसमिति गठन गरिएको खेलकुद तथा संस्कृती विकास कोष र एस.एम युथ स्पोर्टस क्लब जनकपुर का अध्यक्ष जितेन्द्र महासेठले जनाउनुभयो । प्रतियोगिता अन्तराष्ट्रिय स्तरको रहेको र जनकपुरको स्मिता र प्रतिस्ठा सँग जोडिएकोले यसमा सबैको सहयोग आवश्यक रहेको महासेठले बताउनुभयो । उहाँले भन्नुभयो  प्रतियोगितामा आमन्त्रित विदेशी धावकहरु खेलाडी मात्र नभई हाम्रा पाहुना समेत हुने भएकाले उनीहरुको स्वागत सत्कारमा जनकपुर नगर बासी अगाडि आउनुपर्दछ । यसले जनकपुरको पर्यटन विकास मा समेत पू्रत्यक्ष प्रभाव पार्नेछ , महासेठले भने , हामी एक्लैले यो काम सम्भव छैन तसर्थ सबैको सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु । 

प्रतियोगिता लाई दुई चरण मा विभाजन गरिएको छ । फुल म्याराथन (४२.१९५ कि.मी) खुल्ला अन्र्तगत स्वदेश तथा विदेशका धावकहरु आमन्त्रित गरिएकाृे छ । त्यस्तै मिनि म्याराथन (१० कि.मी) लाई चार चरणमा बाडिएको छ । स्कुल तथा प्लस टू महिला र पूरुष र खुल्ला तर्फ महिला र पुरुष गरि चार चरणमा सम्पन्न हुने मिनी म्याराथनका धावकहरु जनकपुरको रङ्गभुमी मैदान बाट दौड सुरुगरि जनकपुर नगरको परिक्रमा गरि पूनः रङ्गभुमि मैदानमै पुग्नेछन भने , फुल म्याराथनमा सहभागि धावकहरु जनकपुर देखी ढल्केवर पुगि पुनः जनकपुर सम्म कुदनु पर्नेछ । 
फुल म्याराथनका विजेताले पहिलो, दोस्रो र तेस्रो पुरस्कार बापत क्रमसः पचासहजार, पचिसहजार र दशहजार नगद ट्रफि सहित पाउने छन , भने मिनि म्याराथनमा प्रथम, दोस्रो र तोस्रो हुनेले क्रमसः दशहजार, पाँचहजार र तिनहजार नगद सहित ट्रफि उचाल्ने छन । प्रतियोगितामा सबै भन्दा बढि प्रतियोगि पठाउने संस्थालाई नगद रु.११ हजार र कदर पत्रले सम्मानित गरिने कोषका प्रर्वद्धक दिपेन्द्र महासेठले बताएका छन । १ ला ६८ हजार कुल पुरस्कार राशिको यस प्रतियोगितालाई निकट भविष्यमै नेपालकै सर्वाधिक पुरस्कार राशिको म्याराथन प्रतियोगिता बनाइने लक्ष्य रहेको महासेठले बताउनुभयो । 
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्य र एसीयाली क्रितिमानी धावक बैकुण्ठ मानन्धरको विशिष्ठ आतिथ्यमा हुने सो प्रतियोगितामा अहिले सम्म सात देशमा करीब एकसय विदेशी धावक जनकपुर आउने निश्चित भएको आयोजकले जनाएकोछ । आयोजकले प्रतियोगिता व्यवस्थि पार्न गरिने पहल सम्बन्धमा मंगलबारनै सर्वक्षिय भेला तथा बृहत छलफल कार्यक्रमको आयोजना समेत गरेकाछन , छलफलमा सुरक्षा निकायका प्रतिनिधि, ट्राफिक प्रहरि प्रमुख, युवा क्लबका प्रतिनिधि, नागरिक समाज, स्थानिय निकायका प्रतिनिधि तथा संञ्चारकर्मी
लगायतको उपस्थिति रहेको र सबैले आ–आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्मार्ट सेलको प्रमुख प्रायोजन रहेको यस प्रतियोगितामा एस.एम. स्पोर्टस जनकपुर ले ट्रफि तथा मेडल, काउन्सिल अफ मेडिकल स्टुडेन्टसले स्थास्थ्य सेवा तथा प्राथमिक उपचार र डाइमन्ड अफसेट प्रेसले प्रकाशन सम्बन्धी सम्पूर्ण सहयोग निशुल्क गरिने समेत जनाइएको छ । साथै अनलाईन प्रवद्र्धनका रुपमा सिन्धुली दर्पण र एनएम खबर तथा मिडिया पार्टनरको रुपमा रेडियो मिथिला १००.८ मेगाहर्ज जनकपुर, हेडलाईन्स एण्ड म्युजिक एफएम ९७.२ मेगाहर्ज काठमान्डौ र  रेडियो गौशाला ९३.६ मेगाहर्ज महोत्तरीको सहकार्य रहेको छ । 

दुई सञ्चाकर्मी पुरस्कृत हुने

प्रतियोगिताकै दिन खेलकुद क्षेत्र विकासमा महत्वपूर्ण भुमिका खेल्ने दुई जना पत्रकारलाई सम्मानित गरिने आयोजकले जनाएको छ । सुर्य नारायण महासेठ स्मृति खेलकुद पत्रकारिता पुरस्कार नामाङकरण गरिएको सो पुरस्कारबाट यस क्षेत्रमा क्रियाशील स्थानीय तथा केन्द्रिय सञ्चार माध्यममा कार्यरत्त दुईजना पत्रकारलाई नगद राशी सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
 

Related

फोटोखबर 9073685118156697865

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item