सडकको मर्मत नहुदाँ काभ्रेका किसान र विद्यार्थी समस्यामा



प्रकाश सुन्दास, काभ्रे,भदौ २० । 

सडकको मर्मत नहुदाँ काभ्रेको रवीओपीका किसान र विद्यार्थी समस्यामा परेका छन् । गाविससँग सिधा यातायात सुविधा पु¥याउन निर्माण गरिएको सडक जीर्ण बन्दै गएको बहानामा गत वर्ष यस सडक खण्डमा दुर्घटना भएदेखि नै यातायात व्यवसायीहरुले बस सञ्चालन गर्न नमान्दा किसान र विद्यार्थीहरु समस्यामा परेका हुन् । २० मिनेटमा बनेपा बजार आउन सकिनेभएपनि यातायात नचल्दा अहिले २ घण्टाको पैदल हिड्नु परेको स्थानीय बासिन्दाको गुनासो छ ।

 करिब ६ किलोमिटर कच्ची सडक पैदल हिडेर घरबाट बिहान बनेपाका विभिन्न उच्च मावि र क्याम्पस आउनु पर्दा विद्यार्थीहरुको पठनपाठनमासमेत निकै समस्या हुँने गरेको अभिभावकहरुले बताएका छन् । सार्वजनिक यातायातका सवारी नचल्दा गाविसमा उत्पादन भएको तरकारी, दुध जस्ता कुषि जन्य वस्तु बजारसम्म पु¥याउन किसानहरुले मँहगो भाडा तिरेर निजी सवारी साधानमार्फत ढुवानी गर्नुपर्ने  बाध्यता भएको गाविस सचिव हरिगोपाल कर्माचार्यले बताउनुभयो । मोटरबाटो मर्मतका लागि बर्सेनी गाविस र जिविसले लाखौँ रकम विनियोजन गरेपनि सदुपयोग नभएको स्थानीयहरुले आरोप लगाएका छन् ।

Related

विविध 1013674546131583540

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item