काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै


काठमाण्डौ,भदौ २० । 


नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो पार्टी कार्यालयमा बोलाइएको बैठकमा राजनीतिक निकासका लागि संविधानसभा वा ताजा चुनावका विषयमा छलफल हुनेछ । महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन अन्र्तगतको राष्ट्रिय राजनीतिको निकासमा छलफल केन्द्रित रहेको छ । 

केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले प्रतिवेदन माथि सदस्यहरुले वोल्नेक्रम आज सकिने सम्भावना रहेको जानकारी दिनुभयो । नेताहरुले वोल्नेक्रम सकिएपछि प्रतिवेदनलाई संसोधन सहित निकासको ठोस कार्ययोजना तयार गरिने महतले बताउनुभयो । साउनको अन्तिम साताबाट सुरु भएको वैठक केही दिन बस्दै र स्थगन हुँदै आएको छ । काङ्गेसमा सस्थापन पक्षले ताजा चुनावमा जानुपर्ने र शेरबहादुर देउवा पक्षले तत्काल संविधान पुनस्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।


Related

राष्ट्रिय 6768626711388996408

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item