ढक तराजु सहि छैन उदयपुरमा
http://sindhulidarpan.blogspot.com/2012/09/udayapur.html
सुजाता ढुंगाना, उदयपुर,असोज ५ ।
प्रभावकारी रुपमा बजार अनुगमन नहुदा उदयपुरका व्यापारीले प्रयोग गर्ने ढक तथा तराजुका कारण उपभोक्ता ठगिएको पाइएको छ । तरकारी बजारमा अधिकांश मात्रमा बाँसको तराजु र ढुंगालाई ढक बनाई लामो समयदेखि प्रयोग हुदै आए पनि सरोकारवाला निकाय भने मौन भएको उदयपुरका नागरिकले गुनासो गरेका छन् ।
जिल्ला सदरमुकाम गाईघाट, कटारी, बेल्टार, मुर्कुची, चुहाडे, मोतिगडालगाएतका बजारका अधिकांस व्यापारीहरुले नाप तौलमा बाँसको तराजु र ढुंगाको ढक प्रयोगबाट ठगिरहेको उपभोक्ताहरु बताउँछन् । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रत्येक वर्ष ढक तराजुको निरीक्षण गरी नापतौल गर्दा खिएका ढक तराजुमा टाँचा हाल्नुपर्ने र नापतौलका लागि प्रतिवन्ध लगाउनु पर्ने कानुनी व्यवस्था भएपनि व्यापारीहरुले मनोमानि गर्दा उपभोक्ता गठिएका हुन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !