सिन्धुलीबाट ३१.७३ प्रतिशत विद्यार्थी एसएलसीमा उतिर्ण, नेता शिक्षकका विद्यालयले नील खाए

राजन गाउँले, सिन्धुली, ६ असार । शुक्रबार सार्वजनिक प्रबेशिका परिक्षाको नतिजा अनुसार सिन्धुलीबाट एसएलसी परिक्षामा ३१.७३ प्रतिशत विद्यार्थी  उतिर्ण भएका छन् । ७ हजार ६ सय ४८ जम्मा विद्याथी मध्ये २ हजार ६१ मात्र उत्रिर्ण भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।  

नियमित तर्फका १ सय ४० जना विशिष्ठ श्रेणीमा, ५ सय २० जना प्रथम श्रेणीमा, १ हजार १६ जना द्धितिय श्रेणीमा र एक सय ११ जना विद्यार्थी तृतिय श्रेणीमा उतिर्ण भएको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए । 

फोटो: रासस 
त्यस्तै जिल्लामा नेता शिक्षक रहेको विद्यालयको नतिजा पनि सुन्य जस्तै रहेको छ। शिक्षा पेशामा लागेर पनि विभिन्न राजनीतिक दलका भातृसंगठनहरुमा अबद्ध रही सक्रिय राजनीतिमा लागेका प्राय: नेता शिक्षकहरुको विद्यालयको नतिजा यस्तो भएको हो।

नेपाली कांग्रेस निकट शिक्षक संघका अध्यक्ष तथा पचरु खी मावि सिथौलीका प्रअ प्रेम भट्टराईको विद्यालयको नतिजा सुन्य जस्तै रहेको छ। उनको विद्यालयबाट ३३ जना सहभागिभएकामा ३ जनामात्र विद्यार्थी उतिर्ण भएका छन्। यो सुन्य दशमलब ९९ प्रतिशतमात्र हो।

यस्तै नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तथा जनता उमावि खनियाखर्कका प्राचार्य टिका देवकोटाको विद्यालयको नतिजा पनि उस्तै छ। विद्यालयले तिन दशमलव ४३ प्रतिशतमात्र विद्यार्थी उतिर्ण गराउन सफल भएको छ। जनता उमाविबाट प्रबेशीका परिक्षामा समेल ४९ जना विद्यार्थी मध्ये ७ जनामात्र उतिर्ण भएका छन् ।

एनेकपा माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नवराज थिङ आबद्ध विद्यालयले भने अन्य नेता शिक्षकको तुलनामा केही प्रगती गरेको छ। थिङ आबद्ध गौमती उमाविबाट परिक्षामा सामेल ९१ जना विद्यार्थीमध्ये २७ जना परिक्षामा उतिर्ण हुन सफल भएका छन्। यो २४ दशमलव ५७ प्रतिशत हो ।

जिल्लाका नेता शिक्षककै विद्यालयको नतिजा कमजोर हुनुमा शिक्षक पेशाप्रतिभन्दा राजनीतिमा सक्रिय हुँदाको परिणाम भएको भन्दै जिल्लामा नतिजा सार्वजनीक भएपछि आलोचना समेत हुन थालेको छ ।

जिल्लाका विभिन्न राजनीतिक दलमा आबद्ध अन्य शिक्षकहरुको विद्यालयको नतीजा पनि कमजोर रहेको छ। विभिन्न राजनीतिक दलको जिल्ला कार्यसमिति देखी भातृसंगठनको केन्द्रीय तहसम्म आबद्ध शिक्षकहरुको विद्यालयको नतीजा कमजोर भएका हुन् ।

जिल्लाबाट यो वर्ष ३१ दशमलव ७३ प्रतिशत विद्यार्थी प्रबेशीका परिक्षामा उतिर्ण भएका छन्। परिक्षामा एक सय चालिस जना विशिष्ठ श्रेणी सहित दुई हजार ६१ जना विद्यार्थी उतिर्ण भएका हुन्। परिक्षामा सात हजार ६ सय ४८ विद्यार्थी सामेल थिए। सिन्धुलीमा गत वर्ष ३२.९५ प्रतिशत विद्यार्थी उतिर्ण थिए ।

यसैविच रामेछाप जिल्लामा ३३.२२ विद्यार्थी उतिर्ण भएका छन्। जिल्ला शिक्षा कार्यालय मन्थलीका अनुसार यस वर्ष एक हजार चार सय २९ जना विद्यार्थी उतिर्ण भएका छन्। रामेछापबाट कुल ४ हजार २ सय ७४ जना विद्र्यी परिक्षामा सहभागि थिए। रामेछापमा गत वर्षको नतिजामा १९ प्रतिशत विद्यार्थी उतिर्ण थिए।  

Related

प्रहरीद्धारा घुस फिर्ता

बाग्लुङ, असोज ५  ।  जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत प्रहरीले यौन प्रकरणमा लिएको ४० हजार घुस फिर्ता गरेको छ । बाग्लुङ बजारको समुन्द्र होटलबाट एक जोडीलाई पक्राउ गरी छाड्ने क्र...

बाढी पिडीत क्षेत्रको निरीक्षण

पोटराज पहाडी,सिन्धुली,असोज ५ ।   अविरल वर्षाको कारण चदाह खोलामा आएको बाढीले डुबानमा परेको सिन्धुलीको भिमस्थान गाउ विकास समिती –१ शाखामाणीबजारको निरिक्षण गरिएको छ । जिल्लामा रहेक...

यसकारण तामाङलाई काटे : रखाल

मिनकुमार दाहाल सिन्धुली,असोज ४ ।  वैदेशिक रोजगारमा गएको वेला श्रीमती लाने जारलाई जरायोटार गाँउ विकास समितीका राजकुमार रखालले कुखुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । । श्रीमती लाने जार ड...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item