एसिया कप क्रिकेट खेल्न नेपाली टोली आज चीन प्रस्थान

http://sindhulidarpan.blogspot.com/2012/10/asia-cup.html
काठमाण्डौ,कात्तिक ६ ।
चीनको ग्वान्झाओमा हुने एसिसी महिला टि–ट्वान्टी एसिया कप क्रिकेट खेल्न नेपाली टोली आज चीन प्रस्थान गरेको छ । पर्सी ८ गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिन नेपाली महिला टोली गएराती चिन प्रस्थान गरेको हो । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व यसपाली रुविना क्षेत्रीले गर्दै छन् । प्रतियोगितामा नेपालसँगै आयोजक चीन, बङ्गलादेश र श्रीलंका समूह ’बी’ मा छन् भने हङकङ, भारत, पाकिस्तान र थाइल्याण्ड समूह ’ए’ मा छन् । नेपालले ९ गते हुने आफ्नो पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ । बङ्गलादेशसँग १० गते खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा कात्तिक १३ गते घरेलु टोली चीनसँग खेल्ने तालिका रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !