काभ्रेमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आज दुई खेल

http://sindhulidarpan.blogspot.com/2012/10/sports_22.html
प्रकाश सुन्दास,
काभ्रे,कात्तिक ६ ।
दशैको अवसर पारेर हिजोबाट काभ्रेको सदरमुकाम धुलिखेलमा सुरु भएको खुल्ला जिल्ला स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज दुई वटा खेलहरु हुने भएको छ । पोलार्ज ग्रुप धुलिखेल र धुलिखेल फुटबल क्बलबीच पहिलो खेल हुने छ भने दास्रो खेलमा एञ्जल ब्वाइज क्लब धुलिखेल र जनागाल फुटबल क्बलबीच प्रतिस्पर्धा हुने आयोजक आकाश भैरब क्लबले जनाएको छ ।
धुलिखेलको अड्डाबजारको खेल मैदानमा कात्तिक १८ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका १६ वटा टिमले सहभागिता जनाएको खेलका प्रचारप्रसार संयोजक आनन्द सागर योगलले जानकारी दिनुभयो । हिजो भएको खेलमा आकाश भैरब क्लबले बनेपा फुटबल क्लबको ‘बी’ समूहलाई १ का विरुद्ध ३ गोल गर्दै खेल जितेको थियो । प्रतियोगितामा विजयी हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !