दशैले स्याउ केराको विक्री बढ्यो

http://sindhulidarpan.blogspot.com/2012/10/fruits.html
म्याग्दी,कात्तिक ६ ।
म्याग्दीमा दशैले स्याउ केराको विक्री बढेको छ । शहरदेखि दशै मनाउन गाउँ तिर लागेका सर्वसाधारणहरुले घरमा जाँदा कोसेलीको रुपमा स्याउ र केरालाई लैजान थालेपति साता सदरमुकाम वेनीमा अन्य समयमा भन्दा धेरै स्याउ र केराको विक्री भएको व्यवसायीहरुले बताएका छन् । हिमाली जिल्ला मुस्ताङमा उत्पादन भएका स्वादिलो स्याउहरुको लोकप्रियता म्याग्दीमा मात्रै नभएर देशका विभिन्न ठाउँमा माग उच्च रहेको छ । बेनी बजारमा रहेका झण्डै एक सय ५० भन्दा बढी फलफुल व्यवसायिहरुले अहिले बढी मात्रामा स्याउ र केराको विक्री वितरण गर्दै आएका छन् ।
बेनीका फलफुल व्यवसायि पहलबहादुर खत्रीका अनुसार अन्य समयको तुलनामो दोब्बर भन्दा धेरै केरा र स्याउको विक्रि हुने गरेको छ । बेनी–जोमसोम सिधा यातायात सञ्चालनमा आएपछि १ सय ६० रुपैयाँ सम्ममा विक्री हुँदै आएको स्याउको मुल्य घटेर एक सय २० रुपैयाँ पुगेको छ । दशै नजिकिदै आउदा दैनिक न्युनतम २० किलोसम्म स्याउको विक्री हुने र अध्याधिक मात्रामा केराको पनी विक्री बढेको ठेलागाडामा फलफुल व्यवसाय गर्दै आएका बेनीका ददीलाल सापकोटाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !