सवारी दुर्घटना, दुई जनाको मृत्यु




दाङ,कात्तिक ६ । 
गएराती दाङको देउखुरीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जीप र  मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो भने चार जना घाईते भएका छन । लु १ ज ३३०३३ नम्बरको जीप र पश्चिमबाट पुर्वतर्फ गईरहेको लु १३ प नम्बरको मोटरसाईकल सोनपुर ८ सुन्डबरीमा एक आपसमा ठोकिदा प्युठान बर्दीबाङ २ का २३ वर्षीया रबिन्द्र केसी र सोही गाविसका वडान ८ का सुरेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाईते भएका अन्य चार जनाको लमही र घोराहीमा उपचार भइरहेको छ । जीप चालक र सहचालकालाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख बाबुकाजी गिरीले जानाकारी दिनुभयो । यसैबीच गएराती देउखुरीको गंगापरस्पुर ८ बाँकीमा युवाहरुको समुह बीच झडप हुदा ३ जना घाइते भएका छन । चुरे बचत तथा ऋण सहकारी संस्था गढवाको असोज २१ गते भएको निर्वाचनका क्रममा भएको बिषयलाई लिएर उनिहरु बीच झडप भएको स्थानीय बासिन्दाहरुले बताएका छन ।

Related

राष्ट्रिय 5397233013214066718

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item