सवारी साधनको जाँच गर्दै व्यवसायी



दाङ्ग,असोज ३० । 
दाङमा यातायात ब्यबसायीहरुले आफ्ना सवारीका साधनको जाँच आफै गर्न थालेका छन । बिजया दशमी लगायतका चाडबाडको समयमा यातायातका साधनमा बढि चाप हुने र क्षमता भन्दा बढि यात्रु सवार गराउदा दुर्घटना हुने भन्दै जाँच सुरु गरिएको राप्ती अञ्चल सार्बजनिक यातायात ब्यबसायी समिति तुलसीपुरले जनाएको छ ।

 ट्राफिक प्रहरीले आफ्नो नियमीत चेकजाच गरिरहेको भए पनि सार्बजनिक सवारीका साधनको सेवा अझ प्रभाबकारी बनाउन समितिले समेत जाच सुरु गरेको समितिका सचिब सुरेश हमालले जानकारी दिनुभयो । जाँचको क्रममा चालकले ट्राफिक नियमको पालना गरे नगरेको, चालक अनुमतिपत्र, मादकपदार्थ सेवन गरे नगरेको, गाडिको कागज पत्र लगाएतका वारेमा निरिक्षण गरीएको सचिब हमालले बताउनुभयो । आज घटस्थापनको दिनदेखि शुरु गरेको छडके जाच केही दिन सम्म जारि रहने समितिले जानकाएको छ ।

Related

राष्ट्रिय 4610127721691332115

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item