त्रिशुली देवीको मन्दिर दशैंभर खोल्ने तयारी पूरा

http://sindhulidarpan.blogspot.com/2012/10/mahottari_15.html
महोत्तरी,असोज २९ ।
महोत्तरीको जलेश्वरनाथ मन्दिर परिसरमा रहेको त्रिशुलीदेवीको मन्दिर प्रत्येक बर्ष झैं घटस्थापनादेखि देखि बडादशैं अवधिभर खोल्ने तयारी पूरा भएको छ । सर्वसाधारणको प्रवेश र दर्शनका लागि मंगलवार विहानैदेखि त्रिशुलीदेवीको मन्दिर खुल्दैछ ।
मन्दिरको इतिहास र बडादशैंको अवधिभर मात्र सर्वसधारणका लागि खुल्ला गरिने प्रचलनबारे स्वयं पुजारी उपेन्द्रकान्त पाठक समेत अनभिज्ञ छन । मन्दिरमा रहेको त्रिशुललाई त्रिशुलीदेवीको रुपमा पुजा गर्ने परम्परा रहेको तथा सप्तमीका दिन मात्र मन्दिर बाहिर बोकाको बली चढाउने परम्परा रहेको छ । यस मन्दिरलाई मिथिलाञ्चलको दशैंघर पनि भन्ने चलन रहेको छ । जलेश्वरनाथ मन्दिर परिसरमा रहेको त्रिशुली देवीको मन्दिर १९९५ सालमा पुनर्निमाण गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !