सिन्धुलीमा भलिवल प्रतियोगिता:अम्बर ज्योती युवा क्लव प्रथम

http://sindhulidarpan.blogspot.com/2012/10/sports_15.html
सिन्धुली,असोज २९ ।
पल्लवी ज्ञानमञ्च डाडीँगुरासे १ जखनीले विजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगिताको आज समापन भएको छ । मञ्चका अध्यक्ष तीर्थ कार्कीको अध्यक्षता तथा मञ्चका कोषाध्यक्ष पदम बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अम्बर ज्योती युवा क्लब डाँडी गुरासे ७ प्रथम,मरिण हायुटार क्लब ए द्धितिय र मरिण हायुटार क्लव वि तितृय भएका छन ।
प्रथम हुनेलाई ५ धार्नीको खसी,द्धितियलाई २ वटा कुखुराको भाले र तृतियलाई १ वटा कुखुराको भाले प्रदान गरिएको आयोजकले जनाएको छ । हिजो र आज संचालन भएको प्रतियोगितामा मरिण क्षेत्रका १० वटा क्लवहरुको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !