सिन्धुलीमा तामाङ भाषाको पत्रिका विमोचन


सिन्धुली,असोज २९ । 

क्यानेश्वर उच्च मावि युनिफाइड युवा क्लवद्धारा प्रकाशित तामाङ एकता पत्रिका आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । क्लवका अध्यक्ष कुल बहादुर वाइवाको अध्यक्षता तथा पूर्व गाविस सचिव भिम बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पत्रिका विमोचन गर्नुभएको हो ।
विमोचन पश्चात लामाले पत्रिका प्रकाशनको लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने बताउदै पत्रिका निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा गाविस सचिव हरि कुमार देवकोटा, क्यानेश्वर प्रहरी प्रमुख राम कुमार खड्का, जानजाति महासंघ क्यानेश्वर गाउँ समन्वय परिषदका सानुमान थिङ, नेकपा एमालेका मोहन ढकाल, सिन्धुली शिक्षक घेदुङ्गका शेखर लामा, बुद्धिजिवि जसबहादुर बम्जन, दलित संघका कृष्ण घिमिरे विक, उपस्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशवाह लगायतले मनत्वय व्यक्त गर्नुभएको थियो ।

Related

स्थानिय 1806444251271860928

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item