हिन्दूहरुको चाड बडादसैँ आजदेखि सुरु

http://sindhulidarpan.blogspot.com/2012/10/dahsain.html
काठमाण्डौ,असोज ३० ।
हिन्दूहरुको महान् चाड बडादसँै आजदेखि सरु भएको छ । बडादसँैको पहिलो दिन आज बिहान आ–आफ्नो घरको पूजाकोठा तथा दसँैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइन्छ ।
आज विहान ११ः०७ बजे घटस्थापनाको साइत रहेको छ । कात्तिक ८ गते बुधवार विजयादशमीका दिन बिहान १०ः३५ बजे देवी विसर्जन र बिहान ११ः२९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताउनुभयो । यसैगरी कात्तिक ५ गते फूलपातीका दिन बिहान ०९ः११ बजे तुलजाभवानीको यात्रा तथा ०९ः५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते विजयादशमीका दिन ११ः४३ बजे तुलजाभवानीको यात्रा तथा १२ः३९ बजे थिराशनका लागि साइत जुरेको जानकारी उहाँले दिनुभयो ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहँेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र कार्यालयहरू कोजाग्रत पूर्णिमासम्मका लागि बिदा गरिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !