फुटवल अनिश्चितकालिन स्थगित


उमा पौडेल 
सिन्धुली,असोज ३० । 
सिन्धुलीमा जारी जिल्ला स्तरीय अन्तर क्लव नकआउट फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ । हिजो भएको दोस्रो खेलमा सिद्धार्थ युवा क्लब हर्षाही र स्टार युनिटी धुराबजारबीच बिबाद भएपछि खेल स्थगित भएको हो । खेलाडीहरुमा सामान्य विवाद भएपछि खेल स्थगित गरिएको आयोजकले जनाएको छ । 

सिद्धार्थ युवा क्लव हर्षाही र स्टार युनिटी धुरावजारवीच भएको खेल विवाद हुँदासम्म ३ – २ गोलको अन्तरमा थियो । सिद्धार्थ युवा क्लबका खेलाडिहरुले रेफ्रिले झण्डा उठाएको र गोल भएपछि झण्डा झारेको आरोप लगाएका छन् । बिबादको कारण र सत्य तथ्य पत्ता लगाई फेरि खेल सञ्चालन गराउने सिन्धुली फुटवल सङ्घका अध्यक्ष लक्षु देवकोटाले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 2361714869002618592

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item