सिन्धुलीका मासु व्यवसायीको सामान गोदाममै

http://sindhulidarpan.blogspot.com/2012/10/meat.html
मिनकुमार दाहाल,
सिन्धुली,असोज ३० ।
"यो साल पनि पर्देशमै वित्ने भो दशैतिहार" ........यो चिन्तामा पर्दै होलान् विदेशमा वस्ने नेपाली दाजुभाई दिदीबहिनी, तर सिन्धुलीवासी मांसाहारीहरुको चिन्ता अर्कै छ । यो सालको दशैंतीहारमा पनि अस्वस्थकर मासु नै खानु पर्ने भयो भन्ने चिन्ता लाग्न थालेको छ । कारण हो स्वास्थकर मासु वितरणको लागि पशुसेवा कार्यलय सिन्धुलीमा आएको मासु काट्न प्रयोग हुने सामाग्री हालसम्म पनि वितरण नहुनु ।
गत आर्थिक वर्षमा नै सामुदायिक पुश विकास आयोजनाबाट आएको स्वस्थ्कर मासु वितरण गर्न मासु व्यवसायिहरुको लागि आएको करिव ११ लाख भन्दा वढीको सामाग्री खुकुरी, बञ्चरो, चक्कु, पानी तताउने सामग्री, मासु काट्दा लगाउने कपडा लगायतका समाग्रीहरु पशु सेवा कार्यलयको गोदाममा नै थन्कीएर वसेको छ ।
नगरपालिकाको सहकार्यमा व्यवसायिहरु छनोट गरी वितरण हुनु पर्ने सामाग्री नगरपालिकाले चासो नदिएको कारण वितरण हुन नसकेको पशुसेवा कार्यलयका प्रमुख डा. सत्यनारायण चौधरीले जानकारी दिनु भयो । “बहुमुल्य सामाग्री छ, त्यसले जो पायो त्यहिलाई दिने कुरा भएन, वितरण समिति वनाएर वितरण गर्नु पर्ने नगरपालिकाले पहल गर्नु पर्नेमा चासो दिएको छैन” चैधरीले भन्नुभयो ।

तर नगरपालिकाको प्रमुख युवराज आचार्य नगरपालिकाले वेवास्था नगरेको कुरालाई स्वीकार्नु हुन्न । उहाँ भन्नुभयो, ‘पशु सेवा कर्यालयको कार्यक्रम हो, उसैले पहल गर्नु पर्छ, हामी सहयोग गर्नेमात्र त हो । हामी सहयोग गर्न तयार छौं, बैठक वोलाओस नगरपालिकामा रहेको मासु व्यवसायको विवरण दिन तयार छु ।’ जम्मा तीन सेट समान आएको छ कसरी न्यायोचित वितरण गर्ने समस्या छ, उहाँले थप्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !