हात्तीले कुल्चदाँ मोक्तानको मृत्यु


वीरगन्ज, असोज ३०।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कुल्चदाँ पर्साको ठोरीमा एकजनाको ज्यान गएको छ । ठोरी–३, सरस्वतीनगर बस्ने जेठा मोक्तान भन्ने रामप्रसाद मोक्तानलाई जंगलबाट आएको हात्तीले कुल्चदाँ मृत्यु भएको हो । निकुञ्ज नजिकै रहेको खेतमा सोमबार राति धान कुर्न बसेका ७० बर्षीय मोक्तानलाई कुल्चेको ठोरीका प्रहरी निरीक्षक मुक्तिनारायण चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार घटनस्थलमै मृत्यु भएका मोक्तानको शव क्षतविक्षत अवस्थामा खेतमै फेला परेको छ । हात्तीले सरस्वती नगरमा लगाईएको धानवाली समेत क्षती पुराएको छ । यसैबीच, जंगली हात्तीले पर्साको शंकर सरैया गाविसमा रहेको हरैया रेञ्ज पोष्टको भवन पनि भत्काई दिएका छन् । आरक्षका हात्तीको बथानले जंगल नजीकै रहेको पोष्टको भवन भत्काई दिएका हुन् ।

Related

राष्ट्रिय 7134158121441183025

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item