बहुला स्यालले टोक्दा ६ जना घाईते



दैलेख,  असोज ३०।

दैलेख जिल्लाको दुल्लु गाविस वडा नम्वर ३, मेहेलपानीमा बौलाहा स्यालको टोकाईबाट आज ६ जना घाईते भएका छन् । विहान ११ बजे गाउँ पसेको बौलाहा स्यालले वडा नम्वर ३ का पदम भण्डारी, १२ बर्षीय चन्द्रा भण्डारी, पदम कुमारी नेपाली, नन्दकला भण्डारी, भत्त सार्की र डम्बर सार्कीलाई टोकेर घाईते बनाएको स्थानीय खागेन्द्र कार्कीले जानकारी दिए ।

घाईतेहरुको उप–स्वास्थ्य केन्द्र दुल्लुमा औषधि अभावका कारण उपचार हुन नसके पछि स्थानीय मेडिकलमा रेविज विरुद्धको सुई लगाएको छ । उनीहरुलाई थप उपचारका लागि सदरमुकाम तर्फ पठाईएको छ । ६ जनालाई टोकेर घाईते बनाउने बौलाहा स्याललाई स्थानीयले मारेका छन् । स्यालले घाईतेहरुको ढाड, घाँटी, तिघ्रामा टोक्दै हिडेको थियो ।

Related

विविध 5793724875388536784

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item