पूर्व पश्चिम राजमार्गमा रहेको खाल्डाखुल्डी पुरिंदै


सलार्ही , कात्तिक १ । 
खाल्डाखुल्डीका कारण समस्या भइरहेको भन्दै पछिल्लो समयमा पूर्व पश्चिम राजमार्ग मर्मत कार्य चलिरहेको छ । डिभिजन सडक कार्यालय मुजेलिया धनुषाले ठेकेदारमार्फत् राजमार्ग मर्मत गराइरहेको हो । २९ लाखको लागतमा लालबन्दीदेखि हरिवनसम्मको राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने काम भैरहेको डिभिजन सडक कार्यालय मुजेलियाका प्रमुख देवप्रसाद साहले जानकारी दिनुभयो ।

चाडवाडमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर प्रभावकारी ढङ्गले काम अगाडि बढाइएको साहले बताउनुभयो । राजमार्गमा रहेका जीर्ण पुलहरु मर्मतका लागि पनि टेन्डर भैसकेको भए पनि ठेकेदारले रकम कम भएको भन्दै काम गर्न नमानेकोले समस्या भैरहेकाले ठेकेदारलाई कारबाही गरी नयाँ टेन्डर खुलाउने तयारी भैरहेको उहाँको भनाइ थियो । 

टेन्डरमा ढिलाई भएका कारण केही ढिला सुरु भएको भएपनि चाँडै नै मर्मतको काम सकिने सुपरभाइजर पुण्यप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 3205669722004977746

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item