हत्या गरेर फरार रहेका अभियुक्त दुई वर्षपछि पक्राउ





नवलपरासी,कात्तिक १३ । 

दुई वर्ष अघि नवलपरासीको माकर गाविसका एक व्यक्तीको हत्या गरि फरार रहेका अभियुक्तलाई बर्दघाट प्रहरिले आज पक्राउ गरेको छ । वि स २०६७ माघ ७ गते माकर दिव्यनगरका ३० वर्षीय दिपु भनिने देवबहादुर श्रीस मगरको हत्या गरि फरार रहेका माकर २ का राजेश श्रेष्ठलाई आज बिहान आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । बदर्घाट प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक यदु रिमालको नेृतृत्वमा गएको टोलीले सुराकिको आधारमा फरार श्रेष्ठलाई पक्राउ गरेको हो । 

घटनामा पाचँ जना सम्लग्न रहेकोमा अन्य चार जना घटना लगत्तै पक्राउ गरेका थिए भने फरार एक जना दई वर्षपछि आज पक्राउ परेका हुन । दुई वर्ष अगाडि देव बहादुर श्रीस मगरको शव हत्या गरि करमैयामा गाडेको अवस्थामा फेला परेको थियो । घटनामा सम्लग्न रहेका कमल क्षेत्री, मनोज विक, प्रकाश विक र राजु थापा घटना लगत्तै पक्राउ परेर सजाय भोगिरहेका छन् । आज पक्राउ परेका राजेश श्रेष्ठलाई पनि आवश्यक कारवाहिको लागि जिल्ला प्रहरि कार्यालय नवलपरासी पठाईएको बर्दघाट प्रहरी चौकिका ईन्चार्ज यदु रिमालले बताउनुभयो ।

Related

राष्ट्रिय 1734756708453607472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item