दोलखाको सिप्रिङ आयोजनाले तिहारपछि व्यवसायिक उत्पादन गर्ने





शेरबहादुर भुजेल,
दोलखा,कात्तिक १३ । 



दोलखाको गौरीशंकर गाविसमा निर्माण हुन लागेको सिप्रिङ खोला जलविद्युत आयोजनाले तिहारपछि व्यवसायिक उत्पादन गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजनाको हेडवक्स संरचना, सुरुङ र पेनस्टक पाइपमा पानी हालेर परीक्षण गरिसकेको छ । सिभिल संरचनामा पानी हालेर परीक्षण गरिसकेको  बताउँदै आयोजना प्रमुख प्रह्लाद चौधरीले परीक्षण सफल भएको जानकारी दिनुभयो । आयोजनाको परीक्षण सफल भएर विद्युत संकट व्यहोरेको देशमा १० मेगावाट थप्न पाउँदा हामी खुशी भएको पनि चौधरीले जानकारी दिनुभयो ।

 सिप्रिङ खोलाबाट उत्पादन भएको विद्युत माथिल्लो तामाकोसी आयोजनामा प्रयोग हुनेछ । सिप्रिङको विद्युत माथिल्लो तामाकोसीमा आवश्यक ऊर्जाका लागि खपत गर्ने गरी प्रयोग गर्न लागेको हो । सिप्रिङ खोला आयोजना सकिए तापनि सिंगटीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सब स्टेशन पूरा नहुँदा सिप्रिङको विद्युत माथिल्लो तामाकोसी लाने सम्झौता भएको हो । १० मेगावाट क्षमताको  आयोजनाको १ हजार ४ सय ५० मिटर लामो सुरुङ र ६ सय ६५ मिटर पेनस्टक पाइप रहेको छ । आयोजनाबाट वार्षिक पाँच करोड २२ लाख युनिट विद्युत उत्पादन हुने बताइएको छ ।



Related

विविध 8068511541825849263

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item