रेविज लागेको भैंसीको मासुले गाउँले त्रसित




चितवन, असोज २३ । 

चितवनको पूर्वी भेगमा विरामी भैसीको मासु खाएपछि गाउँलेहरुमा डर–त्रास वढ्दै गएको छ । पिप्ले–७, गड्यौलीमा स्थानीय वलराम चेपाङले विरामी भएको भैसीको मासु काटेर गाउँलेहरुलाई खुवाएपछि त्रास बढेको हो । तीन महिना अघि कुकुरले टोकेर विरामी अवस्थामा रहेको भैंसीलाई स्थानीय खेमराज कँडेलको चेपाङसँग बेचेका थिए । भैंसी टोक्ने सो कुकुरमा रेविज भएको स्थानीयको भनाई छ । तेह्र हजार रुपियाँमा खरिद गरिएको विरामी भैंसीको मासु बेचेर चेपाङले चौध हजार रुपियाँ कमाएका छन् ।

‘भैसी विरामी भएको भन्ने कुनै जानकारी भएन,’ चेपाङले भने, ‘कुकुरले टोकेको भैंसीले ¥याल चुहाउने र आफैले आफैलाई टोक्ने लक्षण देखाएपछि मैले काटेर मासु बेचेको हुँ ।’ स्वाथ्य केन्द्र पिप्लेका प्रमुख चन्द्रवहादुर हमालले स्थानीय वासिन्दाहरुको सूचनाका आधारमा भैंसीलाई पनि रेविज हुन सक्ने वताए । उनले भने, ‘भैंसीमा देखिएको लक्षण रेविज हो ।’

जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा.विष्णुकुमार श्रेष्ठले पनि भैंसीलाई रेविज भएको अनुमान गरेका छन् । रेविज सर्ने सरुवा रोग भएकाले ¥यालका कारण प्रत्यक्ष सम्र्पक मासु काट्ने वढी प्रभावित हुने अनुमान श्रेष्ठको छ ।

Related

विविध 8651652416659917061

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item