बृद्ध महिला आफ्नै घरमा मृत फेला, बाघले आक्रमण गरेको आशङ्का

http://sindhulidarpan.blogspot.com/2012/10/news_9166.html
गुल्मी,असोज २३ ।
गुल्मीको दरबार देविस्थान गाविसमा एक बृद्ध महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकीपछि बाघले आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएको छ । दरबार देविस्थान गाविस ४ भलायचौरकी ६० बर्षीय रेनुकला खत्री आज बिहान आफ्नै घरमा मृत भेटिनुभएको हो । घरमा हिजो बेलुकी एक्लै रहेकी रेनुकलाको घरको ढोका खुल्लै रहेको तथा खोप्टो परेको अवस्थामा शव स्थानीयले भेटाएको ईलाका प्रहरी कार्यालय दरबार देविस्थानका असई दिलिप कुमार ठाकुरले जानकारी दिनुभयो ।
बिहान पधेरोमा पानि लिन नआएपछि घरमा जाँदा स्थानीयले शव देखेको असई ठाकुरले बताउनुभयो । प्रहरीले अनुसन्धान हुँदै गरेको बताए पनि स्थानीय बासिन्दाले भने बाघको आक्रमणबाट मृत्यु भएको आशंका गरेका छन् । स्थानीयबासीका अनुसार खत्रीको दुई ओटै कान छैन् भने घाँटीमा बाघको पञ्जाले चिथोरेर बनाएको घाउ समेत देखिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !