जनतान्त्रिकको राष्ट्रिय भेला आज




बिष्णुकुमार यादब, 
महोत्तरी,असोज २३ । 

तराई मधेस मुक्ति टाईगर्स (जनतान्त्रिक) पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि जनकपुरमा सुरु हुँदैछ । पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुर(स्वामी)को प्रमुख आतिथ्य तथा सद्भावना पार्टी (गजेन्द्रवादी)का विकास तिवारी, तराई मधेस फोरमका अमर यादव र जनता दल भारतका राम अशिष यादव, राष्ट्रिय जनता दलका सिताराम यादव, राम नरेश पाण्डे लगायतको उपस्थितिमा भेलाको उद्घाटन गरिने बताइएको छ । 

भेलामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, सप्तरी, झापा लगायत तराईको १९ जिल्लाको कम्तिमा १० हजार पार्टीका कार्यकर्ता एवंम् सर्वसाधारणहरुको सहभागिता रहेने दावी गरिएको छ ।


Related

विविध 7471283837387090699

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item