एलिट कप क्रिकेटमा नेपालले आज हङकङको सामना गर्दै

http://sindhulidarpan.blogspot.com/2012/10/blog-post_9.html
काठमाण्डौ,असोज २३ ।
एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगीता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । समूह बी को तेस्रो स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको हङकङको सामना गर्न लागेको हो । तीन खेलमा दुईमा जीत र एकमा हार व्यहोर्दै समान ४ अंक रहेको नेपाल रनरेटका आधारमा पछि छ ।
सेमीफाईनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ । डिभिजन २ मा रहेको हङकङलाई हराउन नेपाललाई कडा मेहनत गर्नु पर्ने छ । समूह बी मा रहेको युएई ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतसंग पराजित हुदै तेस्रो खेलमा भने साउदी अरेवियालाई हराएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !