दशैं नजिकिदै गर्दा शिक्षकले पुरा तलव पाएनन



हुम्ला,असोज २३ । 
शिक्षा मन्त्रालयले दसैं खर्च र शिक्षकको चौमासिक तलव भत्ता निकासा गरिसकेको दावी गरेता पनि हुम्ला जिल्लाका सम्पूर्ण शिक्षकले पूरा तलव पाएका छैनन् ।

 निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णबहादुर थापाका अनुसार विभागबाट यस सम्वन्धी कुनै परिपत्र र अख्तियारी नआएकोले जिल्ला शिक्षा कार्यालयमा प्राप्त भएको सम्पूर्ण रकम विद्यालयमा निकासा दिईसकेको बताउनुभयो ।
 निकाशा दिइएको रकम मध्ये प्राथमिक तहको स्थायी शिक्षकको लागि पोशाक भत्ता वापत ७ हजार ५ सय, प्राथमिक तहको दरवन्दिमा रहेका शिक्षकको लागि ९८ प्रतिशत, प्राथमिक तहको राहत शिक्षकलाई १०० प्रतिशत, मावि, निमावि दरबन्दिमा रहेका शिक्षकको लागि ९१ प्रतिशत र मावि तहको राहत शिक्षकको लागि ९६ प्रतिशत रकम निकासा दिइएको बताइएको छ ।

Related

राष्ट्रिय 3163743200082242340

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item