ब्ल्यु अल्पाइनको विजयी सुरुवात

http://sindhulidarpan.blogspot.com/2012/10/sports_9.html
पोष्टराज पहाडी,
सिन्धुली, असोज २३ ।
सिन्धुलीमा सोमबारबाट सुरु भएको ‘जिल्ला स्तरिय अन्तरक्लब फुटबल प्रतियोगिता’ को समूहचरणको पहिलो खेलमा ब्ल्यु अल्पाइन क्लब ‘बि’ ले विजयी सुरुवात गरेको छ ।
स्टार यूनिट क्लब ‘बि’ सँग भएको खेलमा ब्ल्यु अल्पाइनले ४–० को फराकीलो अन्तरसँगै विजयी सुरुवात गरेको हो । ब्ल्यु अल्पाइनले सुरु देखीनै स्टार यूनिटीलाई दबाबमा राख्दै खेल खेलेको थियो । आफ्नो समूहलाई अग्रता दिलाउने क्रममा खेलको ४८ औं मिनेटमा समीर भुजेलले ब्ल्यु अल्पाइनका तर्फबाट पहिलो गोल गरेका थिए । त्यसैगरि खेलको ४९ औं मिनेटमा ज्ञानु कार्कीले र ६१ औ मिनेटमा अनिल घिमिरेले गोल गरेका थिए भने खेलको ८३ औं मिनेटमा आत्माघाती गोल भएको थियो ।
प्रतियोगिताको मंगलबारको खेलमा दुइवटा खेलहरु हुने आयोजकले जनाएको छ । मंगलबार विहान समूह ‘बि’ मा रहेका पूरानो गोरख गण र ढुङ्ग्रेवास बजार समीति ‘ए’ विच प्रतिस्पर्धा हुने छ भने दिउँसोको खेलमा समूह ‘बि’ का नव प्रतिभा यूवा क्लब ‘ए’ र सूर्यमुखी जनजागृति यूवा क्लब भिड्ने छन् ।
यसैगरि सोमबारको विजयी भएको ब्ल्यु अल्पाइनले समुह ‘ए’ बाट मंगलबार विजयी हुने समूहसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आगामी कार्तिक ३ गते हुनेछ । खेल नक आउट प्रणाली तथा फिफाको नियम अनुसार खेलाइएको छ । प्रतियोगितालाई जिल्ला विकास समिती सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीले प्रायोजन गरेका छन् । प्रतियोगितामा विजयी हुने विजेताले नगद १० हजार र उपविजेताले ५ हजार पुरस्कार पाउनेछन् ।
एउटै घरका दाजुभाई बिच भिडन्त
सिन्धुलीमा सुरु भएको ‘जिल्ला स्तरिय अन्तरक्लब फुटबल’ प्रतियोगीतामा सोमबार भएको खेलमा एकै घरका दुई दाजुभाई बिच भिडन्त भएको छ ।
प्रतियोगितामा ब्ल्यु अल्पाइन क्लब ‘बि’ र स्टार युनिटी यूवा क्लब ‘बि’ मा गरी एकै घरका दुइ दाजुभाईले खेल खेलेका थिए । ब्ल्यु अल्पाइनका तर्फबाट सन्जय श्रेष्ठले र स्टार युनिटीका तर्फबाट सन्जिव श्रेष्ठले खेल खेलेका हुन् । संयोग पनि कस्तो रहेको थियो भने दुबै जना दुबै टिमका टिम क्याप्टेन समेत रहेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !