सिन्धुली प्रशासनमा 'चिड्कटो आतंक'




मिनकुमार दाहाल
सिन्धुली, असोज २२ । 

जनताको सेवा नै धर्म हो भनि नोकरीमा लागेका कर्मचारीहरु नै जनताप्रति जवाफदेही नभएपछि कस्को के लाग्छ । केहि दिन अघि मात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयमा नयाँ झन्झटिलो सेवा थपेका छन्, चिड्कटो आतंक ! 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा शुरु भएको चिड्कटो सेवाले सोही कार्यालयका कर्मचारी र सेवाग्राहीहरुमा समेत आतंक नै फैलाएको छ । सेवाग्राही भन्छन्– “पहिलेका प्रमुख जिल्ला अधिकारीहरु जनताका काम गर्न उत्साहित देखिन्थे, भेट्नका लागि चिड्कटो आबश्यक पर्दैनथ्यो । तर अहिले प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य आएदेखि चिड्कटो आतंक फैलिएर, सानो कामका लागि समेत घन्टौ कुर्नु पर्ने अवस्था श्रृजना भएको छ ।’’ 

प्रशासनका एक कर्मचारीले भन्नुभयो  “हामी पनि अचम्ममा परेका छौं । अहिले हामी पनि चिड्कटो दिएरमात्र प्रमुख जिल्ला अधिकारीको कोठामा प्रवेश पाउँछौं ।’’ जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भएको चिड्कटो आतंकबाट जिल्लाका राजनीतिक दलका नेता, सञ्चारकर्मी, सेवाग्राही लगायतका प्रभावित बनेका छन् । 

जिल्लामा भएका विभिन्न गतिविधि तथा राष्ट्रिय चर्चाको विषय रहेको २२० केभि हाईटेन्सनलाईनको समाचार संकलनका क्रममा सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेका सञ्चारकर्मी समेत चिड्कटो आतंकमा परेर बाहिरबाटै फर्किएका छन् । सार्वजनिक चासोको विषयमा समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई समेत चिड्कटो लिएर कुर्नुपर्ने प्रमुख जिल्ला अधिकारीको कार्यशैलीप्रति नेपाल पत्रकार महासंघका अध्यक्ष श्यामहरि अधिकारीले खेद व्यक्त गर्नुभयो । 
उहाँले प्रजिअको व्यवहार शंकास्पद भएको भन्दै सूचनाको हक माथी प्रतिबन्ध लगाउन खोज्ने जो कोहीलाई पनि नछाड्ने प्रतिक्रिया दिनुभयो । उहाँले सिडिओ भनेको जनतालाई सेवा गर्न आएका हुन शासन गर्न होइन ।

सोमवार हाइटेन्सन लाइनका विषयमा नेपाल विद्युत प्राधिकारणका उच्चस्तरीय टोली, स्थानीय प्रशासन र सरोकारवालावीच भएको छलफलको समाचार संकलन गर्न संचारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रजिअ आचार्यले प्रवेशमा रोक लगाएका नेपाल प्रेस युनियनका अध्यक्ष वावुराम देवकोटाले वताउनुभयो । 

महिनौंदेखि हाइटेन्सन लाइनबाट पीडित बनेका जग्गाधनीहरु आन्दोलनरत छन् । उनीहरुका मर्काका विषयमा समाचार संकलनमा रोक लगाउनु गैरजिम्मावारीपना भएको उहाँको भनाई थियो ।  

नेपाली काँग्रेसका नेता दिपक मिश्रले सिन्धुली जिल्लाको प्रशासनिक संयन्त्र चर्चा गर्न लायक नभएको टिप्पणी गर्नुभयो  । उहाँले भन्नुभयो – कर्मचारीहरु आफ्नो दुनु सोझ्याउने काम गर्छन, जिल्लाको प्रशासनिक संयन्त्रमा देखिएको समस्यामा हामी राजनीतिक दल पनि जिम्मेबार छौं । 

जनताको सेवा गर्न आएका प्रजिअले अनावश्यकरुपमा जनतालाई चिड्कटो थमाएर दुःख दिन्छन् भने उनी जिल्लामा बस्नुको कुनै अर्थ हुँदैन भन्दै नेकपा एमालेका जिल्ला पार्टी सचिव प्रलाद पोखरेलले भन्नुभयो – दुःख दिने सिडिओ गुन्टा वोकेर लागे हुन्छ ।

उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मिनबहादुर श्रेष्ठ जिल्लामा राजनीतिक दलहरुको गैरजिम्मेबारीपनाले प्रशासनिक निकायले मनपरी गर्ने मौका पाएको भन्दै भन्नुभयो – “प्रशासनिक निकाय आफ्नो स्वार्थ पुरा गर्ने काममा मात्र लागेकाले सिन्धुलीबासीले प्रशासन भएको अनुभूति गर्न सकेका छैनन्  ।’’ 

Related

स्थानिय 7518868829176110878

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item