एनजिओवाट प्रेसको दुरुपयोग




मिनकुमार दाहाल,
सिन्धुली,असोज २२ ।  

काठमाडौंवाट सिन्धुली काम गर्न आएको मिरेष्ट नेपाल नामक गैर सरकारी संस्थाले प्रयोग गरेको गाडीमा प्रेस लेलिखएको पम्प्लेट लिएर हिडे पछि संचारसँग आवद्ध व्यक्तीहरुले त्यस प्रति आपत्ती प्रकट गरेका  छन् । प्रेसको नाम भजाएर एनजीओको कार्यक्रम गर्दै हिड्ने पत्रकारले  प्रेसको दुरुपयोग गर्न नहुने उनीहरुको भनाई छ । मिरेष्टले सिन्धुलीको रतनचुरा,डाडीगुराँसे तथा भद्रकाली गाविसमा तालिम,सर्वेक्षण,सुशासन तथा अनुसन्धानका कार्यक्रम संचालन गरेको छ । 
पत्रकार महासंघ सिन्धुलीका सचिव राजन कार्कीले डलरको खेती गर्दै हिड्ने गैरसरकारी संस्थाहरुले प्रेसको नाम भजाएर हिड्नु गलत भएको वताउनुभयो । 

पत्रकार स्वयमले प्रेसको  दुरुपयोग गर्छ भने प्रेसको रक्षा कस्ले गर्ने कार्कीले प्रतिपश्न गर्नुभयो ।  अगुवा भन्ने पत्रकारहरु वाटै प्रेसको दुरुपयोग हुन थालेकोमा कार्कीले चिन्ता प्रकट गर्नुभयो ।  पत्रकार महासंघका पुर्व सभापती शंकर सौगातले मिहिया हायुसको प्रेस हो की छापाखानको प्रेसमा छुट्याउन गाह्रो भएको वताउनुभयो ।

मिरेष्ट नामक गैर सरकारी संस्थाले सिन्धुलीमा पटक पटक गाडीमा प्रेस लेखेर हिड्ने गरेको उहाँले  वताउनुभयो । 
मिरेष्ट नेपालका महासचिव कुमार यात्रुले सन्चार क्षेत्रमा काम गर्ने व्यक्तीहरु भएकोले भाडामा लिएको गाडीमा प्रेस लेखेर हिडेको वताउनुभयो  । कुमार यात्रु सहित सो संस्थाका अन्य पदाधिकारीहरु  मिरेष्ट नेपालले संचालन गरेका कामको अनुगमन गर्न सिन्धुली आएका थिए  । 


Related

स्थानिय 6952924618558605701

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item