काङ्ग्रेसका पूर्व सभासदहरुको भेला हुँदै

http://sindhulidarpan.blogspot.com/2012/10/congress_8.html
काठमाण्डौ,असोज २२ ।
ताजा चुनावमा जाने सहमति गरेका दलहरु फेरि संविधानसभा पुनःस्थापना तिर मोडिन थालेका छन् । संविधानसभा पुनःस्थापनाका विषयमा पार्टीभित्रको जनमत सृजना गर्न काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आज सयुक्त भेला बोलाउनु भएको छ । आनन्द पार्टी प्यालेस नयाँ बानेश्वरमा बिहान साढे ११ बजेपछि वोलाइएको भेलामा दलहरुबीच चलिरहेको छलफल र निकासका लागि काङ्ग्रेसका पूर्वसभासदहरुको धारणाका विषयमा छलफल हुनेछ ।

पूर्व सभासद रमेश लेखकले भने पुनःस्थापनाको विषयमा मात्रै भेला नबोलाइएको पार्टीको आन्तरिक र बाह्य राजनीतिका सबै विषयमा छलफल हुने बताउनुभयो । भेलामा काठमाण्डुमा रहेको सबै सभासदहरुको सहभागिता रहने नेताहरुले बताएका छन् । काङ्ग्रेसभित्र संविधानसभा पुनःस्थापनाको मत पनि बलियो रहेकाले दलहरुसँग चुनावमा जाने सहमति गरेपनि पार्टीले आधिकारीक निर्णय गर्न सकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !