सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताको तयारी तिव्र

http://sindhulidarpan.blogspot.com/2012/10/cricket_8.html
कंचनपुर,असोज २२ ।
देशकै सर्वाधिक धनराशीको पुरस्कार भएको क्रिकेट प्रतियोगिताको तयारी धनगढीमा तिव्र पारिएको छ । होटेल डिभोटी एसपिए कप २०१२ को तयारीका लागि अव मैदानको काम मात्रै बाँकी छ । आयोजक सूदुरपश्चिमाचल एकेडेमी धनगढी कैलालीका निर्देशक तथा प्रतियोगिताका संयोजक सुवास शाहीले डेढ महिनाको अवधि बाँकी काम सक्ने बताउनुभयो । मङ्सीर ८ गतेदेखि १६ गतेसम्म धनगढीमा आयोजना गरिने अन्तर कलेज स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा यसपाली १६ वटा टीमहरुले भाग लिने भएका छन् ।
अघिल्लो संस्करणमा पनि १६ टिम राखिएकोमा ८ वटा सूदुरपश्चिमका नै थिए तर यसपालि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी टीमहरुले सहभागिता जनाउने भएका छन् । काठमाण्डूसहित झापा, बुटवल, पोखरा, वीरगञ्ज, नेपालगन्ज तथा अन्य जिल्लाबका टीमहरुले सहभागीता जनाउने र प्रत्येक टीममा ४ जना सिनियर राष्ट्रिय खेलाडी मात्रै राख्न पाइने छ । २० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा आईपुग्दा प्रतियोगिताको धनराशीमा दोब्बरले बृद्धि गरिएको छ । प्रतियोगिताको अवधिभर पाँच लाख बराबरको पुरस्कार दिईने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !