विरामीलाई दिईने स्लाइनमा लेदो भेटियो

http://sindhulidarpan.blogspot.com/2012/10/medicine.html
पाल्पा,असोज २२ ।
पाल्पाको रामपुर अस्पतालमा पठाइएको सिलबन्दी स्लाइनमा लेदो भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले पठाएको स्लाइनमा लेदो पाइएको अस्पतालले जनाएको छ । सन् २०१० को मे महिनामा उत्पादन भई सन् २०१३ को अप्रिलसम्म म्याद भएको स्लाइनमा लेदो पाइएको हो ।
मानव स्वास्थ्यमा जिल्ला अस्पतालले हेलचेक्राइ गरेकाले लेदो भेटिएको विरामीहरुले आरोप लगाएका छन् । डाक्टरले बिरामीलाई प्रयोग गर्न लाग्दा केही दिन अघि यस्तो पाइएको अस्पतालका अहेव डिलेश्वर श्रेष्ठले बताउनुभयो । कम्पाउण्ड स्वाडिम ल्यान्टेट इनजेक्शन प्यारेन्टेरल ड्राउज लिमिटेड भारतमा उत्पादक गरिएको स्लाइनमा लेदो भटिएपछि प्रयोग नगरिएको अस्पतालले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !