सिन्धुलीमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु



उमा पौडेल,
सिन्धुली,असोज २२ । 

मोटरसाईकलको ठक्करबाट आज सिन्धुलीमाढीमा एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।  ज २ प २३५५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा  सर्लाहि कालीन्जोर स्थायी घर भई सिन्धुलीको कमलामाई नगरपालीका वडा नं ९ ढुंग्रेवासमा डेरा गरि बस्ने ३० बर्षिय कृष्णमाया तामाङ्को मृत्यु भएको हो ।

 बम बहादुर बिसङ्ख्यले चलाएको मोटरसाईकलले ठक्कर दिएपछि सिन्धुलीको मझुवा २ स्थायी घर भएकि अनिता स्याङ्वा गम्भिर घाईते हुनुभएको छ । स्याङ्वाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भैरहेको छ । मोटरसाईकल चालक बम बहादुर चालक बिसङ्ख्य र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको सिन्धुलीका प्रहरी नायब उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

Related

स्थानिय 3925172754904160752

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item