ब्लु अल्पाइन र स्टार यूनिटी भिड्दै

http://sindhulidarpan.blogspot.com/2012/10/sports.html
पोष्टराज पहाडी,
सिन्धुली,असोज २१ ।
विजया दशमी २०६९ को अवसरमा सिन्धुलीमा हुन लागेको ‘जिल्ला स्तरिय अन्तर क्लव फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा ब्लु अल्पाइन र स्टार यूनिटी भिड्ने भएका छन् । सोमबार हुने प्रतियोगिताको पहिलो खेलमा दुबै समूहको ‘बि’ टिमहरुका विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उक्त खेल सोमबार दिउँसो ३ बजे हुने आयोजक संघका अध्यक्ष लक्षु देवकोटाले बताउनुभयो ।
जिल्ला फुटबल संघको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको फाइनल खेल भने कार्तिक ३ गते दिउँसो २ बजे हुने जनाइएको छ । प्रतियोगितामा १९ समूहको सहभागीता रहेको छ । प्रतियोगितालाई समूह ‘ए’ र समूह ‘बि’ गरि दुई समूहमा विभाज गरिएको छ । दुवै समूहका विजेताहरुले फाइनल खेल खेल्न पाउने छन् ।
जिल्ला विकास समिती र कमलामाई नगरपालीकाको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगितामा विजेता समूहलाई १० हजार र उपविजेतालाई ५ हजार पुरस्कार तथा मेडल, शिल्ड र प्रमाण–पत्र दिइने संघले जनाएको छ । संघका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पनि छनौट गरि पुरस्कार प्रदान गरिने छ । खेल नक आउट प्रणाली तथा फिफाको नियम अनुसार खेलाइने अध्यक्ष देवकोटाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !