सिन्धुलीमा खुकुरी प्रहार गर्ने समातिए



पोष्टराज पहाडी, 
सिन्धुली, असोज २१ । 

काठ व्यवसायी कृष्ण प्रसाद कालाखेतीलाई खुकुरी प्रहार गरि फरार रहेका एक अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको भद्रकाली गाउ विकास समिती वडा नंम्बर ४ घर भएका २२ वर्षीय राजु डिम्दोङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दशै पर्वका अवसरमा प्रहरीले सुरुवात गरेको  विशेष सुरक्षा योजना अन्तर्गत अभियुक्त डिम्दोङलाई पक्राउ गरिएको हो । उनलाई प्रहरीले शनिबार दिउसो पिपलभन्ज्याङमा फेला पारेको थियो । डिम्दोङलाई आवश्यक कारवाहिका लागि जिल्ला अदालत सिन्धुलीमा पठाइएको प्रहरी निरिक्षक दिलिप झाले बताउनुभयो । सोहि घटनामा संलग्न रहेका अभियुक्त अमर घलानलाई यस अघि नै पक्राउ गरि धरौटीमा रिहा गरिसकिएको छ । 

मकवानपूर घर भई हाल सिन्धुलीको कमलामाई नगरपालीका वडा नंम्बर ६ वस्ने कृष्ण प्रसाद कालाखेतीलाई गत फागुन १२ गते साँझ ६ः२० बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार गरि घाइते बनाइएको थियो  । यसैगरि प्रहरीले शनिबार नै ३ जना पकेटमारालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालीका ४ बस्ने शंकर नेपालीको छोरो २४ वर्षीय शम्भु नेपाली, सोहि नगरपालीका ६ वस्ने लोक वहादुर विकको छोरो १८ वर्षीय सन्तोष विक तथा वडा नंम्बर ५ बस्ने लेख बहादुर लामिछानेको छोरो विशाल लामिछाने रहेको प्रहरीको भनाई छ । उनिहरुलाई प्रहरीले शनिबार सिन्धुलीमाडी बजारबाट पक्राउ गरेको थियो । 
उनीहरुले असोज १९ गते कमलामाई नगरपालीका ३ वस्ने मान बहादुर थिङ्गले भिमान बजारबाट खसी बोका बिक्री वितरण गरि २७ हजार २ सय रुपैयाँ पाइन्टको पछाडी खल्तीमा राखि घर फर्कर्ने क्रममा उनीहरुले बसबाट पाकेट मारेर रकम निकालेका थिए । पक्राउ पछि उनीहरुले आफुले पाकेट मारी रकम निकालेको स्वीकार गरेपछि आवश्यक अनुसन्धान थालीएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये शम्भु नेपालीको साथबाट प्रहरीले १६ हजार ८ सय रुपैया बरामद समेत गरेको छ ।
साथै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वको बेला हुन सक्ने घटनाहरुलाई मध्येनजर गर्दै विशेष सुरक्षा योजना लागु गरेको छ । प्रहरीका अनुसार दशै पर्वका बेला हुने जुवा तास, अपराधीक घटना तथा विपि यातायातको सुरक्षा व्यवस्थाका सम्बन्धमा विशेष सुरक्षा योजना सुरु गरिएको प्रहरी निरिक्षक झाले बताउनुभयो । उनका अनुसार राजमार्गको प्रत्येक १० किलोमिटर दुरीको फरकमा ‘क्वीक रियाक्सन टिम’ खडा गरको छ । झाका अनुसार दशैपर्वमा जुवा तास खेल्न समेत निषेध गरिएको छ । साथै प्रहरीले यसबेलामा जिल्लामा मात्र नभई बाहिरी जिल्लाहरुबाट समेत पकेट माराहरु जिल्ला भित्र पस्न सक्ने भएकोले सबैजना सर्वसाधरणलाई सजक रहन अनुरोध समेत गरेको छ ।   

Related

स्थानिय 7453937756341679284

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item