नेपालद्वारा साउदी अरेबिया ९ विकेटले पराजित

http://sindhulidarpan.blogspot.com/2012/10/cricket_7.html
काठमाण्डौ,असोज २१ ।
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटमा आज नेपालले साउदी अरेबियालाई फराकिलो अन्तरले हराएको छ । पहिले ब्याटिङ गरेको साउदीले दिएको १३२ रनको लक्ष्य नेपालले निर्धारित ओभर अघि नै अर्थात १३ दशमलव १ ओभरमा एक विकेटको क्षतिमै पुरा गरेको हो ।
टस हारेर ब्याटिङ गरेको साउदीले ४८ दशमलव २ ओभरमै सबै विकेट गुमाएर १३१ रन बनाएको थियो । समूह बी मा रहेको नेपालले यसअघि एक खेलमा जित र एकमा हार व्यहोरेको थियो भने समूह चरणको अन्तिम खेलमा हङकङसँग भिड्नु पर्नेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !