बलात्कारको अभियोगमा कर्मचारी पक्राउ




सिन्धुपाल्चोक,  असोज २१।

 बालिका बलात्कारको अभियोगमा सिन्धुपाल्चोक जिल्लास्थित झ्याँडीखोला हाईड्रोपावर कम्पनीमा कार्यरत ससबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

सानुसिरुवारी–५ निवासी १३ बर्षीय बालिकालाई ३२ बर्षीय भुजेलले दश दिन पहिला बलात्कारको प्रयास गरेका थिए । घरदेखि करिब चार किलो मिटर टाढा पर्ने स्थानीय सिद्धि गणेश उच्च माविमा कक्षा ७ मा अध्ययनरत बालिका विद्यालय जाने क्रममा जंगलमा भुजेलले बलात्कारको प्रयास गरेका थिए ।

डर र धम्कीका कारण सो घटना गुपचुप रहे पनि अभिभावकले दोषीलाई कारबाही गर्न माग गरेर भुजेल विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । आरोपी भुजेललाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिए ।

Related

विविध 61858729237494644

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item