गर्भनरको हस्ताक्षर नभएका नोट बजारमा



दीपेन्द्र वली,
सुर्खेत,कात्तिक २ । 
गर्भनरको हस्ताक्षर नभएका नोट सुर्खेतमा पाइएको छ । नेपाल राष्ट्र बैंकले पठाएको दश रुपैयाँका केही नोटमा गर्भनरको हस्ताक्षेर नभएको पाइएको हो । सुर्खेत लाटिकोइली–१ का भीमबहादुर खड्काले पाएको दश रुपैयाँका चार वटा नोटमा गर्भनरको हस्ताक्षर नभएको फेला परेको हो ।

 आफूले सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाबाट ३५ हजार रुपैयाँ ल्याएको र त्यसमध्ये १० हजार रुपैयाँको गड्डीभित्र रहेका चार वटा नोटमा हस्ताक्षेर नै नभएको भेटिएको बताउनुभयो । यता राष्ट्रिय बाणिज्य बैँक सुर्खेतका म्यानेजर यज्ञबहादुर बस्नेतले कम्पनीबाट जस्तो आयो त्यस्तै वितरण गरिने भएकाले यसबारे स्पष्टिकरण दिन नसक्ने बताउनुभयो ।

Related

राष्ट्रिय 3766833326837832617

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item