पोखरामा हुने सफल कपको तयारी पूरा

http://sindhulidarpan.blogspot.com/2012/10/sports_27.html
घनश्याम पाण्डेय,
पोखरा,कात्तिक ११ ।
पोखरामा आयोजना हुन लागेको दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०६९ तयारी पूरा भएको छ । पोखरा रड्डशालामा यही कार्तिक १४ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक कास्की जिल्ला फुटबल सङ्घले जानकारी गराएको हो । प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहने भएको छ । बंगलादेश, भूटान, भारतका ए डिभिजनका क्लब, नेपालका दुई विभागीय, लिगका उत्कृष्ट आठमध्ये ६ टोलीसहित १२ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला फुटबल सङ्घका प्रथम उपाध्यक्ष गोपी भट्टराईले जानकारी दिनुभयो ।
लक्ष्मी गु्रप सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा मोफसलकै सर्वाधिक धन राशिको प्रतियोगितामा भूटानको डु«ुक पोल फुटबल क्लब, बंगलादेश र भारतको ए डिभिजनकै क्लब आउने कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष खेमबहादुर गुरुङले बताउनु भयो । त्यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ, मनाङ मस्र्याङ्दी, आरसिटी, हिमालयन शेर्पा, मच्छिन्द्र क्लब, एनआरटी, फ्रेन्डस् क्लब, घरेलु टीम सहभागी हुनेछन् । १२ दिनसम्म चल्ने प्रतियोगितामा विजेतालाई तीन लाख पाँच हजार तथा उपविजेता टीमलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !