आगोलागीबाट काभ्रेको तिमालमा दुई घर जलेर नष्ट




प्रकाश सुन्दास, 
काभ्रे,कात्तिक ११ । 

आगोलागीबाट काभ्रेको तिमाल क्षेत्रमा पर्ने चापाखोरी गाविस वडा नम्बर–९ धुल्खु भन्ने स्थानमा दुईवटा घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा सुधारिएको चुलोको चिम्नीबाट निस्केको आगोको लप्काबाट घरपछाडि रहेको सुकेको घाँसमा सल्केको आगोले स्थानीय कर्मसिं तामाङको दुई वटन घर पूर्णरुपमा जलेको हो ।

 घर भित्र रहेको कुनै पनि सामान निकाल्न नसकिएको पिडित परिवारले बताएका छन् । आगोमा परेर घर धनी तामाङ गम्भीर घाइते भएको स्थानीय संग्रामजीत लामाले जानकारी दिनुभयो । घाइते तामाङको काठमाण्डौस्थित केएमसी अस्प्तालमा उपचार भइरहेको छ ।


Related

विविध 2394735543959358078

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item