- तपाईलाई व्लड प्रेसर भयो भने के गर्नुहुन्छ ? तुरुन्त अस्पताल जानुहुन्छ र लामो समय लाईनमा वसेर चेकजाचँ गर्नुहुन्छ त्यो भन्दा अरु विकल्प त केनै हुन सक्छर । अलि महगो हस्पिटलमा जानुभयो भने चाडै जाचँ गर्न सक्नुहुन्छ तर त्यहाँ ठुलै रकम लगानी गर्नुपर्ने हुन्छ । समय र पैसा वचतको लागी भारतमा व्लडप्रेसर तथा सुगर नाप्ने ट्याव्लेटको विकास गरिएको छ त्यो पनी निकै सस्तोमा ।

सो यन्त्रवाट ट्याव्लेटको काम छदैछ साथै स्वास्थ्यमा समेत सहयोग पुराउने छ । “स्वास्थ्य स्लेट” नाम दिईएको सो यन्त्र आईप्याड तथा ट्याव्लेट जस्तै रहेको वताईएको छ । सुरक्षित स्थानमा राखेर प्रयोग गर्न सकिने वताईएको यो ट्याव्लेटवाट मेडिकल परिक्षणसगै अन्य धेरै प्रविधीको प्रयोग गर्न पाईने छ ।

अमेरिकामा लामो समय अध्ययन पश्चात भारत फर्केका कानव कहोलले यो प्रविधिको विकास गरेका हुन् । कहोल भन्छन् म आफ्नो देशको लागी केहि ईच्छा थियो र काम गरिरहेको छु । यो “स्वास्थ्य स्लेट”वाट स्वास्थय सस्थालाई समेत ठुलो टेवा मिल्न सक्ने बिबिसीले जनाएको छ । भारतका ह्रदय रोग शल्य चिकित्सक डाक्टर नरेश त्रेहानले भनेका छन् यो सस्तो प्रविधीले भारतका धेरै मानिसको स्वास्थ जाचँ पहुचमा सहयोग मिल्नेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !