२७ करोड तीस लाख बेरुजु



सिन्धुली,असोज २४ ।

 जिल्ला शिक्षा कार्यालय सिन्धुलीले बेरुजु समपरिक्षण कार्यलाई तिव्रता दिएको छ । शिक्षा कार्यालयमा विद्यालय भौतिक सुधार लगायत विभिन्न शिर्षक २७ करोड भन्दा वढी वेरुजु रहेको छ । 
 शिक्षा कार्यालयमा आर्थिक वर्ष ०६८÷०६९ सम्म देखिएको बेरुजु रकम मध्ये असोज मसान्तसम्म ८० प्रतिशत रकम फस्यौंट गर्ने लक्ष अनुसार समपरिक्षण कार्यलाई तिव्रता दिईएको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले वताउनुभयो ।

 जिल्लाका विभिन्न विद्यालयहरुलाई भौतिक निर्माणका लागि विनियोजित रकम लगायत विभिन्न कार्यक्रम अन्तरगत शिक्षा कार्यालय सिन्धुलीमा  गत आर्थिक वर्षसम्ममा २७ करोड ३० लाख २९ हजार ६ सय ७३ रुपियाँ बेरुजु रहेको छ । 

 आर्थिक वर्ष ०५१÷०५२ देखि आर्थिक वर्ष ०६८÷०६९ सम्म कार्यालयमा प्राप्त भौतिक निर्माण लगायत विभिन्न शिर्षकमा कार्यालयमा आएको रकमबाट  उक्त रकम बेरुजु रहेको समेत   जिशिअ लुईटेलले जानकारी दिनुभयो । 

शिक्षा कार्यालयबाट जिल्लाका विभिन्न विद्यालयलाई विद्यालयको भौतिक सुधारका लागि विनियोजित रकमका योजनाहरु सम्पन्न नहुँदा  बढी रकम बेरुजु देखिएको कार्यालयका लेखापाल बाशु सापकोटाले बताउनुभयो । 

 तत्तकालिन समयमा  कार्यालयबाट शिक्षकको तलब, पाठ्यपुस्तकको रकम लगायतका शिर्षकबाट रकम निकासा गर्दा दोहोरो निकासा तथा १८ नम्बर नभरि भुक्तानी दिएको समेत वेरुजुमा देखीएको छ लेखापाल सापकोटाले भन्नुभयो ।

 शिक्षा कार्यालयमा बढि बेरुजु देखिनुको कारण आन्तरिक रुपमा धैरै रहेको भन्दै  सापकोटाले भन्नुभयो मुख्य कारण  कतिपय विद्यालयले भवन निर्माणका लागि रकम निकासा लगेको भएपनि भवन निर्माण नगर्नु र   कतिपय विद्यालयहरुको फस्यौटका लागि कागज आउँने क्रम रहेकाले बढी मात्रामा बेरुजु देखिएको छ । 

 जिल्ला शिक्षा कार्यालयमा बेरुजु रहेको मध्ये आर्थिक वर्ष ०६३÷०६४ मा मात्र ४ करोड रुपियाँ भन्दाबढी रकम बेरुजु रहेको छ । 

तत्कालीन समयका लेखापाल अन्त्र सरुवा भएर गएका छन् । शिक्षा कार्यालयले उपस्थितिका लागि पत्राचार गर्दा समेत अनुपस्थित रहने गरेकाले उक्त समयको मलेप समेत हुँन सकेको छैन् । 

जिल्ला शिक्षा कार्यालयमा देखिएको बेरुजु रकमले मलाई आश्चर्यमा पारेको लेखापाल सापकोटाले वताउनुभयो । आफु पहिले काम गरेको कार्यालयमा बार्षिक बजेट नै न्युन हुँन्थ्यो । मलेपले बेरुजु रकम यकिन गरेर पठाउँनु भनेपछि बेरुजु रकम जोड्न थालेको थिए । रकम टोटल गर्दा पहिले गल्ती भएछ भनि तीन पटक जोड्दा पनि उक्तनै रकम निस्किएपछि विश्वास भएको की जिल्ला  शिक्षा कार्यालयमा यति ठुलो परिमाणमा बेरुजु रहेको छ उहाँले वताउनुभयो ।  

जिल्ला शिक्षा कार्यालयमा भएको उक्त अनियमितताको रकम राजस्वमा जम्मा गर्ने काम भए पनि अनियमितता छानविनका लागि तत्कालिन समयमा  जिल्ला प्रशासन कार्यालयले लगेको कागजात विना राय फर्काई दिएकाले पनि मलेप गर्न समस्या पैदा भएको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

 जिल्ला शिक्षा कार्यालयमा आर्थिक वर्ष ०६८/०६९ सम्म रहेको बेरुजु मध्ये आर्थिक वर्ष ०६६/०६७ मा २० करोड ६७ लाख ३४ हजार ८ सय ३३ रुपियाँ र आर्थिक वर्ष ०६८/०६९ मा ११ करोड ७९ लाख ९३ हजार ९ सय १७ रुपियाँ रहेको मध्ये हालसम्म आर्थिक वर्ष ०६६/०६७ को २ करोड २७ लाख ३७ हजार ६ सय दुई रुपियाँ र आर्थिक वर्ष ०६८/०६९ को २ करोड ८९ लाख ६१ हजार चारसय ७४ रुपियाँ फस्यौट भएको कार्यालयले जनाएको छ  ।

 जिल्ला शिक्षा कार्यालयमा रहेको करोडौ रुपियाँ बेरुज २०६८ सालमा आफु आएदेखिनै फस्यौंटका लागि  प्रयत्न भई रहेको जानकारी दिँदै जिल्ला शिक्षा अधिकारी लुईटेलले असोज महिना भित्रमा ८० प्रतिशत बेरुजु समपरिक्षण गराउँने लक्ष अनुसार अहिले काम गरेको दावी जिसिअ लुइटेलको छ । 
                              

Related

स्थानिय 6404693244255124455

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item