माओवादीले फेरी जनमुक्ति सेना घोषणा गर्ने
http://sindhulidarpan.blogspot.com/2012/10/news_4536.html
काठमाण्डौ,असोज २४ ।
नवगठित नेकपा माओवादीका नेताहरूले पार्टीले जनमुक्ति सेनाको घोषणा गर्ने सक्ने बताएका छन् । पार्टीको आउने महाधिवेशनले यो विषयमा निर्णय लिनसक्ने नेताहरूले बताएका छन् ।
आज राजधानीमा सुरु भएको जन स्वयम्सेवक ब्यूरोको महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली क्रान्तिलाई धोका दिएको आरोप लगाउनुभयो ।
उहाँले अब आफूहरूले बाँकी रहेको क्रान्तिको भारलाई थेग्दै अगाडि बढाउने पनि बताउनुभयो । यसैगरी सचिव नेत्रविक्रम चन्दले मुलुकको परिस्थिति सुध्रने अवस्था नरहेमा महाधिवेशनले नयाँ युद्धको सुरुवात गर्न सक्ने चेतावनी दिनुभयो । उहाँले मुलुकको सार्वभौमसत्तामाथि आक्रमण भइरहेकोले सबै युवाशक्ति मिलेर प्रतिरोधमा उत्रनुपर्ने बेला आएको पनि बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !